इजीलिंक रेमिट्यान्स र सिद्धार्थ बैंक बीच रेमिट्यान्स भुक्तानी सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इजीलिंक रेमिट्यान्स र सिद्धार्थ बैंक बीच रेमिट्यान्स भुक्तानी सम्झौता



काठमाडौ । इजीलिंक रेमिट्यान्स प्रा.लि. र सिद्धार्थ बैंक लिमिटेड बीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्याल, अपरेशन म्यानेजर सालिक राम दाहाल र सिद्धार्थ बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल र विपे्रषण विभाग प्रमुख पंकज पन्तले हस्ताक्षर गरे।

सम्झौतापछि इजीलिंक रेमिट्यान्स मार्फत जापान, कोरिया, साइप्रस, अमेरिका लगायत विश्वका विभिन्न देशहरुबाट पठाएको रकम सिद्धार्थ बैंकका देशभरी रहेका १सय १२ शाखाहरुबाट सजिलै भुक्तानी लिन साथै सजिलै सिद्धार्थ बैंकको खातामा सजिलै रकम जम्मा गर्न सकिने बताइएको छ ।

सम्झौतापछि इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्याल ले विदेशबाट पठाएको पैसालाई छिटो, छरितो तरिकाले सेवाग्राहीसम्म पु–याउन यो सम्झौताले थप सहज बनाउने जानकारी दएि ।

इजीलिंक रेमिट्यान्सले विगत १९ बर्षदेखी जापान, कोरिया, साइप्रस, अमेरिका लगायत विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ ।

प्रकाशित : ११ जेष्ठ २०७५, शुक्रबार १३:४६