नेपाल इन्भेष्टमेण्ट बैंक र ईन्टरनेशनल फाइन्यान्स कर्पोरेशनबीच कर्जा सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेण्ट बैंक र ईन्टरनेशनल फाइन्यान्स कर्पोरेशनबीच कर्जा सम्झौता



काठमाडौ । नेपाल इन्भेष्टमेण्ट बैंक लि. र विश्व बैंक समूहअन्तर्गतको ईन्टरनेशनल फाइन्यान्स कर्पोरेशन(आइएफसी) बिच कर्जा सम्झौता भएको छ । सम्झौतापत्रमा इन्भेष्टमेण्ट बैंक लि.का तर्फबाट प्रमुखकार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र आइएफसीका तर्फबाट आवाशीय प्रतिनिधी एम रेहान रशिदले हस्ताक्षर गरे ।

यो सम्झौतापछि नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आइएफसीसँग कर्जा लिन पाउने छ ।अन्तराष्ट्रिय कम्पनीसँग कर्जा लिन नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्ने प्रावधान छ । सम्झौता पछि देशमा अहिले देखिएको आर्थिक तरलता केही हद सम्म कम हुने अपेक्षा गरिएको छ । आइएफसीबाट प्राप्त कर्जालाई राष्ट्र बैंकले तोके अनुसारको क्षेत्रमा उपलव्ध गराउने छ ।

यस अघि नेपाल इन्भेष्टमेण्ट बैंक लि. र आइएफसीबिच व्यापार तथा वित्त क्षेत्रमा मिलेर कामगर्ने सम्झौता भइसकेको छ । व्यापार तथा वित्त क्षेत्रमा ५० लाख अमेरिकी डलरसम्मको लगानीगर्न दुबै पक्ष सहमतभएका थिए। प्राप्त रकम नेपालीे साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न प्रयोग गरिने छ ।

शाखा संख्या७० वटापुगेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आठ लाखभन्दा बढी उपभोक्तालाई ९८ वटा एटिएममार्फत सेवाप्रदानगर्दै आएको छ ।

प्रकाशित : ९ जेष्ठ २०७५, बुधबार १६:०५