अर्थमन्त्रीको बजेटले विदेशमा धन कमाउन गएको व्यक्ती काठको बाकसमा फिर्ता अाउने प्रवृति रोक्न सक्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

अर्थमन्त्रीको बजेटले विदेशमा धन कमाउन गएको व्यक्ती काठको बाकसमा फिर्ता अाउने प्रवृति रोक्न सक्छ ?



काठमाडाै । नेपाली कांग्रेसका नेता प्रदिप गिरिले कामको खोजीमा विदेशएका नेपालीहरु काठको बाकसमा फिर्ता अाउने प्रवृति रोक्न अर्थमन्त्रीलाई अाग्रह गरेका छन् । अाइतबार संसदको छलफलमा गिरिले रेमिट्यान्स लगायतका अन्य विषयबारे विनियोजन विधेयकका सिद्धान्त र प्रथामिकतामा उचित ढंगले व्यवस्थापन हुनु पर्ने बताए ।

“विप्रेशणका बारेमा बैंकहरुलाई व्यवस्थित गर्ने भनेर लेखिएछ,त्यो गर्नु पर्छ’ गिरिले भने- तर ‘विदेशमा धन कमाउन गएको व्यक्ती काठको बाकसमा अाउँछ भन्ने कविता छ ।’ तपाईले पढ्नुभयाे ?”

उनले मुलुक पछिल्लो समय रेमिट्यान्सको भरमा नै चलेको बताउदै यो धेरै समय नटिक्ने बताए । उनले रेमिट्यान्सको अर्थतन्त्रबाट मुक्त हुन गाउँको अर्थतन्त्रलाई बढावा दिने खालका कार्यक्रम ल्याउन अर्थमन्त्रीलाई सुझाए ।

प्रकाशित : ६ जेष्ठ २०७५, आईतवार १४:२४