साहारा विकास बैंकको हकप्रद खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साहारा विकास बैंकको हकप्रद खुल्यो



काठमाडौं । सहारा विकास  बैंक लिमिटेडले आज आइतबारबाट १ सय रुपैयाँ अंकित १८ लाख २४ हजार ८७० कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको छ ।

यो बैंकले गत बैशाख ९ गतेसम्म सेयर कारोबार गरेका सेयरधनीका लागि १ सेयर बराबर नयाँ २.५ अर्थात १ः२५ को अनुपातमा हकप्रद जारी गरेको छ । यसको हकप्रद सेयरको निम्ति आजबाट असार १० गतेसम्म आवेदन दिन पाइने छ ।

 

यसको हकप्रद सेयरको खरिद गर्न दरखास्त पाइने र बुझाउने स्थानमा एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौंको लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगन्ज, विराटनगरबाट दिन सकिन्छ ।

सहारा विकास बैंकका सबै शाखा र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्वा सेवामा सहभागि सबै बैक तथा वित्तीय संस्थाबाट पनि सहाराको हकप्रद सेयरको लागि आवेदन दिन सकिन्छ । यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड हो ।

प्रकाशित : ६ जेष्ठ २०७५, आईतवार ०९:०८