जापानले ६८ करोड उपलब्ध गराउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जापानले ६८ करोड उपलब्ध गराउने



काठमाडौँ। जापान सरकारले नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि रु ६८ करोड ३२ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

जापान सरकारले यस प्रकारको आर्थिक सहयोग यसअघि पनि उपलब्ध गराउँदै आएको थियो । आज अर्थ मन्त्रालयमा जापानी राजदूत मासासी ओगवा र अर्थ सचिव डा राजन खनालले सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतापछि आयोजित कार्यक्रममा अर्थमन्त्रालयका सचिव डा खनालले आर्थिक सहायता रकम प्राकृतिक विपद्बाट क्षति भएका संरचना निर्माण र बाढीपहिरो नियन्त्रणमा खर्च गरिने बताउनुभयो ।

जापानी राजदूत ओगवाले प्राकृतिक विपद्मा परेका नेपाली जनताको विकासमा सहायता रकमले मद्दत पुगोस् भन्ने चाहाना रहेको बताउनुभयो ।
जापान र नेपाल प्राकृतिक विपद्मा परिरहने मुलुक हुन् ।

प्रकाशित : ४ जेष्ठ २०७५, शुक्रबार १५:२८