डेभलपमेन्ट बैंकर्स एशोसिएसन कार्यवहाक अध्यक्षमा ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डेभलपमेन्ट बैंकर्स एशोसिएसन कार्यवहाक अध्यक्षमा ढकाल



काठमाडाैँ । भलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको कार्यवहाक अध्यक्षमा गोबिन्द प्रसाद ढकाल नियुक्त भएका छन् । संघको बैशाख २८ गते सम्पन्न १२ औ साधारण सभामा विधान अनुरुप ढकाललाई कार्यवहाक अध्यक्षमा नियुक्त गरिएको जानकारी गराईएको हो ।

एशोसिएसनको ११३ औ कार्य समिति बैंठकले एशोसिएसनमा रिक्त रहेका पदहरुमा विधान अनुरुप नियूक्त गरेको हो । ढकाल गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा एशोसिएसनका प्रथम उपाध्यक्ष हुन् । त्यस्तै बैठकले महासचिवमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेललाई यहि मिति २०७५ साल बैंशाख मसान्त देखि नियूक्त गरेको छ ।

त्यसैगरी कार्यकारी सदस्यमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीलाई २०७५ साल बैंशाख २८ गते देखि नियूक्त गरिएको छ । उक्त नियूक्त गरिएका पदहरु आगामी निर्वाचन सम्मको लागि रहेको संघले जनाएको छ ।

प्रकाशित : १ जेष्ठ २०७५, मंगलवार ११:५१