प्रधानमन्त्री ओलीको पहिलो निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रधानमन्त्री ओलीको पहिलो निर्णय



create_thumb.phpकाठमाडौं । सरकारले आन्दोलनरत मधेसी दलहरुलाई वार्तामा आउन आह्वान गरेको छ । नवगठित मन्त्रिपरिषदको सोमबार सिंहदरबारमा बसेको पहिलो बैठकले आन्दोलनरत मधेसी दलहरुलाई वार्तामा आउन आह्वान गर्ने निर्णय गरेको हो ।

यसैगरी, बैठकले भारतले लगाउँदै आएको अघोषित नाकाबन्दीका विषयमा भारतसँग वार्ता गर्न परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा अघिल्लो सरकारले गठन गरेको वार्ता टोलीलाई नै निरन्तरता दिने निर्णय गरेको छ । यस्तै, आसन्न दसैं–तिहारमा आपूर्ति व्यवस्था सहज बनाउन र उपभोग्य वस्तुको अभाव हुन नदिन सम्बन्धित निकायलाई निर्देशनसमेत बैठकले दिएको छ ।

बैठकले देशभरका ३ सय ५० ओटा तुइन विस्थापित गरी आगामी दुई वर्षभित्रमा ती स्थानमा झोलुंगे पुल निर्माण गर्ने निर्णय गरेको छ ।

यसैगरी, बैठकले सरकारको प्रवक्तामा कानुनमन्त्री अग्निप्रसाद खरेललाई तोकेको छ ।

प्रकाशित : २५ आश्विन २०७२, सोमबार १४:३७