एकैदिन प्रभुका ४ शाखा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एकैदिन प्रभुका ४ शाखा विस्तार



काठमाडौं । प्रभु बैंकले एकैदिन ४ शाखा विस्तार गरेको छ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका वडा नं. ४, बाग्लुङ जिल्ला तमानखोला गाउँपालिका वडा नं. १, दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नं. २ र दैलेख जिल्ला गुराँस गाउँपालिका वडा नं. ४ मा आज देखि शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

आजदेखि सञ्चालनमा आएका बैंकका निसीखोला शाखा, तमानखोला शाखा, भगवतीमाई शाखा र गुराँस शाखा कार्यालयहरुबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उधमी, व्यवसायी तथा संघ संस्थाहरुले बैंकको सेवा उपभोग गरी लाभान्वित हुने र गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित : ३१ बैशाख २०७५, सोमबार १५:०६