व्यवसाय दर्ताका लागि घुम्ती शिविर शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

व्यवसाय दर्ताका लागि घुम्ती शिविर शुरु



पर्वत। जलजला गाउँपालिका– ३ बेनीमा बिहीबारदेखि व्यवसाय दर्ताका लागि घुम्ती शिविर शुरु भएको छ ।

उद्योग व्यवसायलाई करको दायरामा ल्याउन गाउँपालिकाले घुम्ती टोली परिचालन गरेर स्थानीयस्तरमै व्यवसाय दर्ता गराएको हो । घुम्ती टोलीमार्फत पहिलो दिन २८ जना भन्दा बढी व्यवसायीले गाउँपालिकामा व्यवसाय दर्ता गराएका ३ नं वडाका वडाध्यक्ष रवि भण्डारीले जानकारी दिए । शुक्रबार पनि व्यवसाय दर्ता जारी रहनेछ ।

गाउँपालिकाका क्षेत्रमा सञ्चालित उद्योग, पसल, फर्म र व्यवसायलाई स्थानीय तहको मातहत ल्याउन यसअघि ९ नं वडा बनौमा घुम्ती व्यवसाय दर्ता शिविर सञ्चालन गरिएको थियो ।दर्ता नगरी सञ्चालन हुँदै आएका पसल, व्यवसाय, उद्योगलाई व्यवस्थित, नियमन र करको दायरामा ल्याउन लागिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो । नियमनकारी निकायको पहुँचको कमी तथा व्यवसायीको बेवास्ताका कारण ग्रामीण क्षेत्रका अधिकांश पसल र व्यवसाय दर्ताबिना सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित : २८ बैशाख २०७५, शुक्रबार १४:३६