नयाँ प्रधानमन्त्रीको निर्वाचन आइतवार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नयाँ प्रधानमन्त्रीको निर्वाचन आइतवार



काठमाडौँ / नेपालको संविधानको प्रावधान अनुरुप नयाँ प्रधानमन्त्रीको निर्वाचन यही असोज २४ गते आइतवार बिहान ११ बजे हुनेभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख सुवास नेम्वाङले सो दिन प्रधानमन्त्रीको निर्वाचन हुने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन संसद् सचिवालयलाई निर्देशन दिनुभयो ।

बैठकमा सभामुख नेम्वाङले बहुमतका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउने सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभएको थियो ।

प्रकाशित : २२ आश्विन २०७२, शुक्रबार १६:१०