स्मार्ट सिटीको नाममा जग्गाको भाउ आकासियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्मार्ट सिटीको नाममा जग्गाको भाउ आकासियो



काठमाडौं  । गत वर्ष बैशाखमा काठमाडौं उपत्यका विकास प्राधिकरणले एउटा निर्णय गर्‍यो, ‘उपत्यकाभित्र चार स्मार्ट सिटी बनाउने।’ घोषणा कार्यान्वयनका लाग उपत्यकाका चारै दिशाका चार कोणमा जग्गाको कित्ताकाट रोकियो। कित्ताकाट रोकिएका एक वर्ष बितिसक्दा पनि स्मार्ट सिटीका लागि केही पनि काम भएको छैन।

तर, स्मार्ट सिटीको लोभ देखाउँदै दलालहरुले जग्गाको भाउ भने अचाक्ली बढाउन थालेका छन्। जग्गा दलालले स्मार्ट सिटी क्षेत्रभित्र नपर्ने जग्गाको भाउ समेत स्मार्ट सिटीका नाममा स्वभाविक रुपमा बढाउन थालेका हुन्। उनीहरुले स्मार्ट सिटी क्षेत्रमा पर्ने भनिएका जग्गा बिक्री गर्नुपरे विश्वस्तरीय सहर बन्न लागको भन्दै ग्राहकलाई लोभ्याएर भाउ बढाइरहेका छन्।

स्मार्ट सिटीबाहिरको जग्गा बेच्ने भने स्मार्ट सिटीले गर्दा टुक्रा गज्जा पाउनै मुस्किल रहेको बताउँदै ग्राहकलाई महँगो जग्गा किन्न बाध्य पारिरहेका छन्।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रकाशित : 30 April, 2018 8:37 am