नेप्सेमा ८ अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा ८ अंकको गिरावट



काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबारको सेयर बजार ८.२१ अंकले घटेर १३४९.०१ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचक सहित कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन १६१ कम्पनीको ४० करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१० अंकले घटेर २८४.९६ अंकमा झरेको छ। आइतबार १६१ कम्पनीका नौ लाख ६६ हजार कित्ता शेयर ४० करोड ३५ लाख रुपैयाँमा कारोबार भयो। यो पछिल्लो कारोवार भन्दा २३ करोड रुपैयाँ कम हो। बिहिबार ६३ करोड रुपैयाँको कारोबार भएको थियो। जुन ३६ प्रतिशत कम हो। आइतबार सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीका एक करोड ५० लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो।

आइतबार उपसूचक मिश्रित देखिएका छन्। १० समूहको कारोबारमा पाँच समुहको सूचक घटेको छ भने पाँचै समूहका उपसूचक बढेका छन्। बैंक ११.०६, जलविद्युत १.२३, फाइनान्स ५.८१, अन्य ८.७ र लघुवित्त ४.०७ अंकले घटेका छन्। ट्रेडिङ ३५.१८, विकास बैंक ४.४३, बीमा २.४१ र उत्पादनमूलक समूह ८.१८ अंकले बढेका छन्।

आइतबार सबैभन्दा बढी स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले करिब १० प्रतिशत कमाए। बरुण हाइड्रोपावर कम्पनीका शेयरधनीले करिब आठ प्रतिशतनै गुमाए।

प्रकाशित : १६ बैशाख २०७५, आईतवार १६:००