काठमाडाै । फोटो पत्रकार क्लब (पिजे क्लब) ले ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट २०१६’ फोटोबुक सार्वजनिक गरेको छ । बुकमा नेपाल फोटो कन्टेस्ट २०७३ मा उत्कृष्ट भएका फोटोहरु संग्रहित छन् ।
बिहीबार नेपाल पर्यटन बोर्डमाएक कार्यक्रमकाबीच नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, पिजे क्लबका अध्यक्ष विकास कार्की लगायतले संयुक्त रुपमा फाेटाेबुक सार्वजानिक गरे ।

व्यावसायिक फोटो पत्रकार, पत्रकार र शौखिन फोटोग्राफरले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए ।फोटोबुकमा उत्कृष्ट ७५ वटा फोटो समावेश छन् ।
फोटोबुकमा घुमफिर, कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, फोटो स्टोरी लगायत सात विधामा छानिएका फोटाहरु छन् ।
देशको फोटोग्राफी तथा फोटो पत्रकारितालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्दै पर्यटनको प्रबर्द्धन गर्ने उद्देश्यले क्लबले वर्षेनी फोटोबुक प्रकाशन गर्दै आएको छ ।





Comment