मुक्तिनाथ विकास बैंकको खुद मुनाफा २०.४० प्रतिशतले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुक्तिनाथ विकास बैंकको खुद मुनाफा २०.४० प्रतिशतले बृद्धि



काठमाडाै । मुक्तिनाथ विकास बैंकले तेस्रो त्रैमासमा सामान्य प्रगति गरेको वित्तीय विवरण प्रस्तुत गरेको छ। गत आर्थिक बर्षको यस अवधिसंगको तुलनामा बैंकको खुद मुनाफा २०.४० प्रतिशतले बढेर ४७ करोड ७५ लाख पुगेको छ। गत बर्षको यस अवधिमा बैंकले ३५ करोड ५१ लाख खुद मुनाफा आर्जन गरेको थियो।

यस अवधिमा बैंकले ८८ करोड २८ लाख खुद ब्याज आम्दानी गरेको छ भने ६५ करोड ७६ लाख संचालन मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिसंगको तुलनामा बैंकको खुद ब्याज आम्दानि १८ करोड र संचालन मुनाफा १२ करोडले बढी हो।

अन्य बैंकमा जस्तै मुक्तिनाथ विकास बैक पनि ब्याज र संचालन खर्च बढेको छ। त्यस्तै बैंकले सम्भावित जोखिमका लागि ६ करोड ९९ लाख छुट्याएको छ। जस कारण नाफा केहि प्रभावित भएको देखिएको छ। बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढाउने प्रतिस्पर्धा बढाएको ब्याज खर्च र चुक्ता पुंजी वृद्धिको अनुपातमा आम्दानी बढाउने चुनौतीमा खरो उत्रिदै मुक्तिनाथले समग्रमा सन्तोषजनक प्रगति गरेको बित्तिय विवरण सार्वजनिक गरेको छ।

बैंकले २४ अर्ब ५४ करोड निक्षेप संकलन गरि २१ अर्ब ९९ करोड कर्जा प्रवाह गरेको छ। गत बर्षको यस अवधिमा बैंकले १५ अर्ब १४ करोड निक्षेप संकलन गरि १४ अर्ब १७ करोड कर्जा प्रवाह गरेको थियो । यस अवधिमा बैंकको खराब कर्जा अनुपात शुन्य दशमबल १ प्रतिशतबाट घटेर शुन्य दशमलब शुन्य एक प्रतिशतमा झरेको छ।

यस अवधिमा बैंकको चुक्ता पुंजी २ अर्ब ५९ करोड छ भने जगेडा कोषमा ८० करोड ४६ लाख छ। त्यस्तै चुक्ता पुंजी ६८ प्रतिशतले बढ्दा प्रति शेयर आम्दानिमा २८ प्रतिशतको गिरावट आएको छ। यस अवधिमा बैंकको इपिएस २२ रुपैयाँ, प्रति शेयर नेटवर्थ १३१ रुपैयाँ ५ पैसा र मुल्य आम्दानीको अनुपात १८ गुणा रहेको छ।

प्रकाशित : ५ बैशाख २०७५, बुधबार १०:५९