प्रभु बैंकको नयाँ शाखा टंगालमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु बैंकको नयाँ शाखा टंगालमा



काठमाडौं  । प्रभु बैंकको नयाँ शाखा टंगालमा स्थापना भएको छ । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयमध्ये प्रभु बैंकको भोटाहिटी शाखा कार्यालयलाई टंगालमा स्थानान्तरण गरिएको हो ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकले सरल र सहजरुपमा आधुनिक बैंकिङ सुविधा प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रकाशित : २९ चैत्र २०७४, बिहीबार १९:१६