नेप्से ९ अंकले वृद्धि, ४६ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से ९ अंकले वृद्धि, ४६ करोडको कारोबार



STOCK

काठमाडौं। मंगलबार नेप्से  परिसुचक  ९ दशमलब २१ अंकले बढेर  १ हजार १ सय ६९ दशमलब ३० बिन्दुमा  पुगी कारोबार बन्द  भएको छ । ‘क’ बर्गको कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव १३ अंकले बढेर २ सय ५३ दशमलव ०२  बिन्दु पुगेको छ । आज १ सय २० कम्पनीको २ हजार ३ सय १९ कारोबारबाट ७ लाख ८३ हजार ७ सय ५७ कित्ता शेयर खरिद बिक्रि भई करिब ४६ करोड ४४ लाख ३१ हजार ९४  रुपैयाँ बराबरको  पुँजी परिचालन भएको छ ।

तराई आन्दोलन र भारतले अघोषित रुपमा गरेको नाकाबन्दीका कारण सेयर बजार प्रभावित भएको छ । पेट्रोलियम पदार्थको अभावले यातायात जोर बिजोर प्रणली लागु  भएकोले लगानीकर्ताहरु बजारमा पुग्न सकेका छैन । सोमबार नेप्से परिसुचक १६ दशमलब ७७ अंकले घटेर १ हजार १ सय ६० दशमलब ०९ विन्दुमा कारोबार बन्द भएको थियो । बैंक अफ कठमाडौंले २६ प्रतिशत बोनस शेयर, नेपाल इनभेष्टमेन्ट बैंकले ३३ प्रतिशत बोनस शेयर र नेपाल बङ्गगलादेश बैंकले २५ प्रतिशत बोनस  शेयर वितरण गर्ने भएपछि आज सेयर बजार बढेको छ ।

कारोबार रकमको आधारमा बैंक अफ कठमाडौंको ५ करोड ४२ लाख ६१ हजार रुपैयाँ  सानिमा बैंक लिमिटेड ४ करोड १३ लाख ८५ हजार रुपैयाँ र नेपाल इनभेष्टमेन्ट बैंकको प्रमोटरको शेयर ३ करोड २५ लाख २४ हजार रुपैयाँ बराबरको करोबार भएको छ भने शेयर संख्याको आधारमा बैंक अफ कठमाडौंको शेयर  ८६ हजार २ सय ९१ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

उपपरिसूचकहरुमा बैकिंग समुह १ दशमलव १४ प्रतिशत, बिकाश बैंक समुह शुन्य दशमलव ५३ प्रतिशत, जलवियुत समुह शुन्य दशमलव ६९ प्रतिशत, बिमा समुह शुन्य दशमलव ५५ प्रतिशत, फाइनान्स समुह शुन्य दशमलव १३ प्रतिशत, होटेल समुह शुन्य दशमलव २१ प्रतिशतले  बढेको छ ।

आज बढी कमाउने मध्ये कालीन्चोक डेभलेपमेन्ट बैंक,सिुन्दु विकाश बैंक, अरण फाइनान्स  र बैंक अफ काठमाडौंका लगानीकर्ताहरु परेका छन् भने कन्काई विकाश बैंक, कन्ट्री  इेभल्पमेन्ट बैंक, निको इन्स्योरेन्स र लुम्बिनी जेनेरल इन्स्योरेन्सका लगानीकर्ताहरु बढी गमाएका छन् ।

प्रकाशित : १२ आश्विन २०७२, मंगलवार १२:०१