राष्ट्रिय सहकारी दिवस मनाईंदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

राष्ट्रिय सहकारी दिवस मनाईंदै



काठमाडौं । अाज ६१ औं राष्ट्रिय सहकारी दिवस ‘दिगो विकासका लक्ष्य प्राप्तिको लागि सहकारी’ भन्ने नाराका साथ देश भर मनाईंदैछ । विसं २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।

अहिले नेपालमा विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३७ हजार सहकारी संस्था दर्ता छन् । रोजगारी सिर्जना, गरिबी न्युनिकरण र देशको ग्राहस्थ उत्पादन तथा राजस्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय मानिन्छ । तर यस क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नसक्दा दर्ता भएकामध्ये झण्डै २० प्रतिशत सहकारी संस्था निष्क्रिय छन् ।

प्रकाशित : २० चैत्र २०७४, मंगलवार ०८:५७