संगीत उद्योगः प्रेमको पीडा बोकेर आए दाउत (भिडियो) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

संगीत उद्योगः प्रेमको पीडा बोकेर आए दाउत (भिडियो)



काठमाडौ । गायक दाउत राईको पछिल्लो सांगितिक कोशेली दर्शक तथा श्रोतामाझ आएको छ । दाउतको स्वर तथा विनोद खूम्बुको संगीतमा सु-सज्जित सार्वजनिक गीत सेन्टिमेन्टल लाग्छ । गीतमा प्रेमिकाले माया मार्दा दुखेको प्रेमीको मनोभावनालाई समेटिएको छ । जहाँ मोडल रमिता भण्डारी र जीवन भट्टराई फिचरिङमा छन् ।

12042277_1154875147913182_1433411621_n


गोविन्द राईले निर्देशन गरेको गीतको भिडियो ‘ओम मनी पद्मे हुँ’ प्रोडक्शनको तर्फबाट निर्माण भएको हो । भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् । गायक दाउतको ‘सोअर’ एल्बममा समावेश उक्त गीतको शब्द जे.जी. राईको हो । केहि बर्ष पहिलेका निकै व्यस्त तथा चर्चित गायक दाउत बिगतका बर्षहरुमा केहि निष्कृय देखिएका थिए । तर पछिल्लो एल्बमसहित संगीत उद्योगमा पुनरागमन गरेका उनले आगामी दिनमा दर्शक तथा श्रोताको मनोभावना बोल्ने गीतहरु सहित प्रस्तुत हुने बताएका छन् ।
हेर्नुहोस भिडियोः

प्रकाशित : ५ आश्विन २०७२, मंगलवार ०४:२५