बैंक अफ काठमाण्डूले लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंक अफ काठमाण्डूले लाभांश दिने



काठमाडौं। बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई १३ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको ६२ औँ संचालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो ।

बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन् ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब २४ करोड रुपैयाँ छ । बोनसपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ७ करोड २८ लाख रुपैयाँ मात्र पुग्नेछ ।

प्रकाशित : 23 March, 2018 12:39 pm