ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ ।आज नेप्स १० दशमलव ६३अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका सबै समुहले गुमाएका छन् ।। आज कारोबारमा आएका १५८ कमपनीको १० लाख ७७ हजार ७ सय ४९ कित्ता सेयरबाट ४३ करोड ८२ लाख ५६ हजार १ सय ३४ रुपैयाको कारोबार भएको छ।
बिहिबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह १ सय २० दशमलव ७ अंकले ओरालो लागेको छ। आज होटल समुह ५९ दशमलव ४५ अंकले, उतपादनमुल समुह ३३ दशमलव ०६ अंकले, जलविधुत समुह २५ दशमलव २४ अंकले, लघुवित्त समुह १९ दशमलव २५ अंकले, विकास बैँक समुह १० दशमलव ७९ अंकले, अन्य समुह ५ दशमलव २७ अंकले, बैँक समुह ३ दशमलव ९६ अंकले र फाइनान्स समुह ० दशमलव ८ अंकले ओरालो लागेको छ ।

प्रकाशित : ८ चैत्र २०७४, बिहीबार १५:१६