काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान -२०७२ जारी गरेका छन् । संविधानसभामा राष्ट्रपतिले संविधानका प्रतिहरुमा हस्ताक्षर गरी संविधान घोषणा गरेका हुन् ।
राष्ट्रपतिले संविधानसभामा आयोजित विशेष समारोहमा नेपालको संविधान -२०७२ आजैका मितिदेखि प्रारम्भ भएको घोषणा गरे ।
राष्ट्रपतिले संविधान घोषणा गरेपछि आजैका मितिदेखि देशले औपचारिकरुपमा नयाँ संविधान पाएको छ भने अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ ।
Comment