उन्नती माइक्रोफाइनान्सले हकप्रद शेयर निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उन्नती माइक्रोफाइनान्सले हकप्रद शेयर निष्कासन गर्ने



काठमाडौं। उन्नती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले ४ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।हाल ५ करोड ५० लाख रुपैयाँ चुक्तापूँजी रहेको उन्नती माइक्रोफाइनान्सले चुक्ता पूँजीको २५ प्रतिशत अर्थात १ करोड ३७ लाख ५० हजार रुपैयाँको शेयर निष्कासन गर्ने भएको हो ।

प्रकाशित : ३० फाल्गुन २०७४, बुधबार ११:३५