४ दशमलव ८९ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

४ दशमलव ८९ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स ४ दशमलव ८९ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका इन्स्योरेन्स , उतपादनमुलक र लघुवित्त समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १५६ कमपनीको ५ लाख ५५ हजार ७ सय २२ कित्ता सेयरबाट २३ करोड ७० लाख ३० हजार ३ सय ८७ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै होटल समुहले कमाएको छ। आज होटल समुह ६१ दशमलव ५४ अंकले उकालो लागेको छ । आज जलविधुत समुह ९ दशमलव ३९ अंकले,अन्य समुह ७ दशमलव १२ अंकले,बैँक समुह ५ दशमलव ७१ अंकले,फाइनान्स समुह ३ दशमलव १९ अंकले र विकस बैँक समुह १ दशमलव ४५ अंकले उकालो लागेको छ ।
आज सबै भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ। आज उतपादनमुलक समुह ३२ दशमलव ६५ अंकले ओरालो लागेको छ। आज इन्स्योरेन्स समुह १० दशमलव ६८ अंकले र लघुवित्त समुह ४ दशमलव २९ अंकले ओरालो लागेको छ।

प्रकाशित : २९ फाल्गुन २०७४, मंगलवार १५:१८