एनआईसी एशिया र नेपाल बैंकर्स संघ बीच सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईसी एशिया र नेपाल बैंकर्स संघ बीच सहमति



काठमाडौं। एनआईसी एशिया बैंक र नेपाल बैंकर्स संघको विवाद साम्य भएको छ । संघ र बैंकबीच भएको दुई बुँदे सहमतिपछि समस्या समाधान भएको हो ।

एनआईसी एसिया बैंकसँगको सम्बन्ध विच्छेदको घोषणा नै गरेको संघले आफ्नो निर्णय फिर्ता लिने र बैंकले संघमा भएको भद्र सहमति अनुसार नै ब्याजदर कायम गर्ने सहमति भएपछि कुरा मिलेको बताइएको छ । सहमति भएअनुसार बैंकर्स सैघले आफ्नो निर्णय फिर्ता लिएको घोषणा गर्नेछन् । एनआईसी एसिया बैंकले सहमति कार्यान्वयनका लागि आजै ब्याजदर घटाउने तयारी थालेको छ । ब्याजदरका विषयमा एनआईसी एसिया बैंक र नेपाल बैंकर्स एशोसिएसनबीच देखिएको विवाद राष्ट्र बैंकको मध्यस्थतामा मिलेको बताइएको छ ।

सोमबार साँझ राष्ट्र बैंकमा भएको छलफलमा एनआईसी एसिया बैंकले अरु बैंककै जस्तो ब्याजदर कायम गर्ने सहमति गरेपछि दुवै पक्षवीचको विवाद मिलेको हो । अब एनआईसी एसिया बैंकले अरु बैंकहरुले जस्तै बचतमा ८ प्रतिशत र मुद्दतीमा अधिकतम ११ प्रतिशतमात्र ब्याज दिनेछ ।

प्रकाशित : २९ फाल्गुन २०७४, मंगलवार १२:१०