महिला उद्यमी व्यापार मेला चैत ८ गते देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महिला उद्यमी व्यापार मेला चैत ८ गते देखि



काठमाडाँै, । तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैत ८ देखि १२ गतेसम्म ललितपुरमा आयोजना हुँदैछ ।

नेपालमा उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी महासंघ नेपालले आयोजना गर्न लागेको मेलामा रहने १०० कक्षमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायत देशका महिला उद्यमीद्वारा उत्पादित सामग्री राखिने छ ।

मेलामा आकर्षणका रुपमा प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरेलु सामान, कागज र प्लाष्टिकजन्य वस्तु, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकार, गरगहना र सजावटका सामान रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शारदा रिसालले जानकारी दिए ।

प्रकाशित : 13 March, 2018 11:31 am