‘आइएमई बचत १० लाख’ उपहार योजना सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘आइएमई बचत १० लाख’ उपहार योजना सार्वजनिक



काठमाडौ । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले दसैं–तिहारका अवसरमा ‘आइएमई बचत १० लाख’ उपहार योजना सार्वजनिक गरेको छ ।
ime
विदेशबाट नेपालमा रेमिट्यान्स पठाउँदा दैनिक ५ हजारदेखि बम्परमा १० लाख रुपैयाँसम्म प्राप्त गर्न सकिने योजना कम्पनीले सार्वजनिक गरेको हो ।

कम्पनीले विहीबार काठमाडौंमा पत्रकार सम्मेलन  गरी स्वदेश वा विदेशबाट आइएमई गर्दा लक्की ‘ड्र’बाट दैनिक एकजनाले ५ हजार, साप्ताहिक लक्की ‘ड्र’मा ५० हजार र बम्पर लक्की ‘ड्र’मा १० लाख रुपैयाँसम्म प्राप्त गर्न सक्ने जनाएको छ ।

उपहार योजना आसोज १ देखि कात्तिक ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । पुरस्कार, रकम विजेताको नाममा बचत खाता खोली जम्मा गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : ३१ भाद्र २०७२, बिहीबार १४:३०