काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ४१ दशमलव ५६ अंकले ओरालो लागेको छ।१ हजार ३ सय ४५ मा खुलेको नेप्से १ हजार ३ सय ४ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५१ कमपनीको १३ लाख ११ हजार ९ सय ४८ कित्ता सेयरबाट ४८ करोड ३९ लाख ६७ हजार ५ सय ६ रुपैयाको कारोबार भएको छ।
आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह २ सय ८६ दशमलव २ अंकले ओरालो लागेको छ । आज जलविधुत समुह ६२ दशमलव ५ अंकले,लघुवित्त समुह ५९ दशमलव ०१ अंकले, विकास बैँक समुह ४१ दशमलव ४५ अंकले,होटल समुहले समुह ३५ दशमलव ८२ अंकले,बैँक समुह ३५ दशमलव ४२ अंकले, टे«डिड. समुह १५ दशमलव ८ अंकले,अन्य समुह १३ दशमलव ९२ अंकले,फाइनान्स समुह ११ दशमलव २१ अंकले ओरालो लागेको छ।
२० फाल्गुन २०७४, आईतवार १५:२०
Comment