आँखुखोलाले कति सेयर निष्कासन गर्दैछ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आँखुखोलाले कति सेयर निष्कासन गर्दैछ ?



काठमाडाै । आँखुखोला जलविद्युत कम्पनीले ८ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले धादिङमा सञ्चालित ८.४ मेगावाटको आँखुखोला जलविद्युत केन्द्रको स्थानीयका लागि छुट्याइएको १० प्रतिशत साधारण सेयर निष्कासन गर्न लागेको हो ।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित ८ करोड मूल्यको साधारण सेयर निष्कासन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । सेयर निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डसँग स्वीकृति मागेको छ । बोर्डमा आवश्यक कागजात बुझाउने प्रक्रिया पूरा भएकाले स्वीकृति पाएकाे २ साताभित्र सेयर बिक्री खुल्ला हुने कम्पनीले जनाएको छ ।

स्थानीयका लागि छुट्टयाइएकाे सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि छुट्ट्याइएको १२ करोड रुपैयाँबराबरको १२ लाख कित्ता सेयर जारी हुनेछ । सेयर निष्कासन तथा बाँडफाँड गर्न सिभिल क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले निर्माण गरेको आँखुखोला जलविद्युत केन्द्रले २०७० सालदेखि विद्युत उत्पादन गर्दै आएको छ ।

प्रकाशित : २० फाल्गुन २०७४, आईतवार १३:०१