काठमाडौँ । मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स ५ दशमलव ८६ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका विकास बैँक,जलविधुत,इन्स्योरेन्स र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले कमाएका छन् । आज कारोबारमा आएका १५३ कमपनीको ११ लाख ५१ हजार ९ सय ६५ कित्ता सेयरबाट ५५ करोड ६८ लाख ६० हजार ३ सय ५७ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै होटल समुहले कमाएको छ । आज होटल समुह ३१ दशमलव २६ अंकले उकालो लागेको छ। आज अन्य समुह ११ दशमलव ९ अंकले,बैँक समुह ५ दशमलव ८६ अंकले र लघुवित्त समुह ० दशमलव ९८ अंकले उकालो लागेको छ ।
आज उतपादनमुलक समुहले सबै भन्दा धेरै गुमाएको छ । आज उतपादनमुलक समुह १० दशमलव ४१ अंकले ओरालो लागेको छ । आज इन्स्योरेन्स समुह २ दशमलव ६२ अंकले,जलविधुत समुह १ दशमलव १६ अंकले र विकास बैँक समुह ० दशमलव ३७ अंकले ओरालो लागेको छ।
१५ फाल्गुन २०७४, मंगलवार १५:१७
Comment