सानिमा बैंकले शुन्य मौज्दात रहेका बैंक खाता बन्द गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा बैंकले शुन्य मौज्दात रहेका बैंक खाता बन्द गर्दै



काठमाडौं। सानिमा बैंकले विगत १ वर्षदेखि निष्कृय रहेका बैंक खाताहरु बन्द गर्ने भएको छ । बैंकले शुन्य मौज्दात रही विगत १ वर्षदेखि कुनै पनि कारोबार नभएका खाताहरु ३५ दिनभित्र सक्रिय नगराए बन्द गर्ने जनाएको छ । खाता सक्रिय गराउन सूचना प्रकाशित भएको मिति (फागुन १५ गते) ले ३५ दिनभित्र खाता रहेको शाखामा गई पहिचान सम्बन्धी विवरण भर्नुपर्नेछ । यसअवधिमा पनि खाता सक्रिय नगराएमा पूर्व सूचना नदिई बन्द गरिने बैंकले जनाएको छ ।

प्रकाशित : १५ फाल्गुन २०७४, मंगलवार १४:५६