ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ९ दशमलव ६४ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका सबै समुहले गुमाएका छन्। आज कारोबारमा आएका १४५ कम्पनीको ७ लाख १३ हजार ६ सय ४२ कित्ता सेयरबाट २८ करोड ५५ लाख ३ हजार ८ सय २४ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ३६ दशमलव ९८ अंकले ओरालो लागेको छ। आज होटल समुह १९ दशमलव ८२ अंकले,जलविधुत समुह १८ दशमलव ४३ अंकले, विकास बैँक समुह १२ दशमलव ५२ अंकले, उतपादनमुलक समुह ९ दशमलव २८ अंकले, बैँक समुह ८ दशमलव ८६ अंकले, अन्य समुह ६ दशमलव ५२ अंकले, फाइनान्स समुह ५ दशमलव ५८ अंकले र लघुवित्त समुह ३ दशमलव ९ अंकले ओरालो लागेको छ।

प्रकाशित : ९ फाल्गुन २०७४, बुधबार १५:२०