१६० प्रतिशत हकप्रद जारी गर्न प्राइम लाईफले तोक्यो बुकक्लोज मिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१६० प्रतिशत हकप्रद जारी गर्न प्राइम लाईफले तोक्यो बुकक्लोज मिति



काठमाडौं । प्राइम लाईफ इन्स्योरेन्स कमपनी लिमिटेडको  दर्ता किताब  बन्द गर्ने भएको छ ।इन्स्योरेन्सले १६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न  लागेकाेले फागुन १७ गतेदेखि दर्ता किताब  बन्द हुन लागेको हो ।

कम्पनीलाई हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले माघ २८ गते अनुमति प्रदान गरिसकेको छ । इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस प्रदान गरेको छ । जसले कम्पनीको आधारहरु औसतभन्दा तल रहेको जनाउछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : ६ फाल्गुन २०७४, आईतवार १३:१४