काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेडको एकिकृत कारोबार शुरु भएको छ । एनआईबिएल र एस एक आपसमा गाभिएर आइतबारदेखि एनआईबिएल एस क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोवार शुरु भएको हो ।
गत कार्तिक २३ गते भएको मर्जर सहमती पत्र बमोजिम दुवै कम्पनीको मंसिर २९मा सम्पन्न छट्टाछुट्टै विशेष साधारण सभाले एक आपसमा मर्जरमा जाने निर्णय गरेका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयले माघ ११ गते मर्जरका लागि स्वीकृति प्रदान गरेपछि यि दुई संस्थाबी मर्जर भएको हो ।मर्जर पश्चात यस कम्पनीको चुक्ता पूंजी २७ करोड पुगेको छ भने हालसम्मकै सवैभन्दा बढि चुक्ता पूंजी भएको मर्चेन्ट बैंकर समेत बन्न सफल भएको छ । १ लाख ४२ हजार भन्दा वढि हितग्राही खाता, ४ वटा शाखा कार्यालयहरु (थप ३ वटा खुल्ने क्रममा रहेको) र ३८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्य मार्फत करिब १० लाख शेयरधनीहरुलाई सेवा प्रदान हुने भएकोले यस सहकार्य पश्चात हाल गर्दै आएको मर्चेन्ट बैंकिङ व्यवसायमा सकारात्मक असर पर्नुको अतिरिक्त हालको सेवाहरु अझ सुदृढ र सशक्त रुपमा विस्तार गर्दै जाने कम्पनीले जनाएको छ ।





Comment