काठमाण्डौ । भैरवकुण्ड हाइड्रोपावर कम्पनीले निकट भविष्यमै सर्वसाधारणका लागि ३१ करोड ८३ हजार बढीको आइपीओ निश्कासन गर्ने भएको छ ।
यो कम्पनीले संस्थापक बाहेकको अन्य समूहलाई छुट्याइएको ४८.९७ प्रतिशतले हुन आउने ३१.८३ करोड मूल्यको आइपीओ निश्कासनको प्रस्ताव गरेको छ ।
साधारणसभाबाट प्रस्ताव पारित भएपछि कम्पनीले स्वीकृतिका लागि बोर्डमा आवेदन दिनेछ । बोर्डले स्वीकृति दिएपछि सर्वसाधारणका लागि आइपीओ निश्कासन गरिनेछ ।
Comment