कालिका पावर कम्पनीको आईपिओ माघ २१ गतेबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कालिका पावर कम्पनीको आईपिओ माघ २१ गतेबाट



काठमाडौं। कालिका पावर कम्पनी लिमिटेडले माघ २१ गते बाट आयोजित प्रभावित क्षेत्रका वासिन्दाहरुको लागि आईपिओ निश्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख कित्ता आईपिओ निष्कासन गर्नेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोलब आईएमई क्यापिटल लिमिटेड रहेका छन् ।

कम्पनीको शेयरमा न्युनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ । बढिमा तिन हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

यस कम्पनीको हालको चुक्ता पूँजी ४२ करोड रहेको छ । आईपिओ निष्कासन पछि कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्ने छ । शेयर आवेदन माघ २१ गतेबाट छिटोमा फागुन ६ र ढिलोमा फागुन २१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : १४ माघ २०७४, आईतवार ११:२५