काठमाडौं ।सिद्धार्थ बैंक लिमिटेडकाे दर्ता किताब बन्द हुने भएको छ। बकले १० बराबर १ को अनुपातमा हकप्रद सेयर दिन लागेकोले माघ २२ गते दर्ता किताब बन्द हुने
जानकारी नेप्सेलाई दिएको छ ।बैंकको हकप्रदमा माघ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउनेछन् । बैंकले १०ः१ अनुपातमा ६८ लाख २६ हजार ११७.१९ कित्ता हकप्रद बिक्री गर्न लागेको हो । हकप्रदमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले बिक्री प्रबन्धकको काम गर्दैछ ।
24 January, 2018 2:48 pm





Comment