सलमान खानले चन्द्रागिरि भ्रमण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सलमान खानले चन्द्रागिरि भ्रमण गर्ने



काठमाडौं। बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन् ।
दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउने जनाइएको छ ।

सलमान खान निकटका मित्र तथा दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टकोे तर्फबाट हालै जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरि हिल्स लिमिटेड परिसरको भ्रमण गरि उक्त कुरा जानकारी गराएका हुन ।

उनीहरुका साथसाथै नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमुख सिमान्त गुरुङ्ग पनि सहभागी थिए ।

खानको आसन्न भ्रमणको विषयमा थप जानकारीका लागि आज दिउसो पत्रकार सम्मेलनको आयोजना गरिने भएको छ । पत्रकार सम्मेलनलाई सोहिल खानले सम्बोधन गर्नेछन् ।

प्रकाशित : ५ माघ २०७४, शुक्रबार १२:३८