काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको ३१ औं वार्षिक साधारणसभाले शतप्रतिशत वोनस शेयर पारित गरेको छ । बुधवार सम्पन्न भएको बैङ्कको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । सभा अध्यक्ष जितेन्दर अरोरा, प्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानस तथा अन्य सञ्चालकको उपस्थितीमा सम्पन्न भएको हो ।
पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैङ्कको साधारणसभाले पारीत गरेको वोनश शेयर वितरण गरे पश्चात चुक्तापूँजी रू. ८ अर्ब १ करोड पुग्नेछ । हाल बैङ्कको चुक्तापूँजी रू. ४ अर्ब रहेको छ । बैङ्कले अधिकृतपूँजी वृद्धि गरी रू. ९ अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।




Comment