नेप्सेमा ४ दशमलब २८ अंकको वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा ४ दशमलब २८ अंकको वृद्धि



काठमाडौं।  साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४ दशमलब २८ अंकको वृद्धिसँगै १ हजार १ सय ७० दशमलब ९७ अंकमा कारोबार बन्द भएको छ । बजार खुलेको आधा घण्टामा नै बढेको नेप्से पछि केहि अंकले ओरालो लागेपनि अन्तिम समयमा करिब ४ अंकले बढेर बन्द भएको छ ।
STOCK
’क’ वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव ०५ अंकले बढेर २ सय ५२ दशमलव ०६ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यसैगरि फलोट इन्डेस्क पनि ० दशमलब ४६ अंकको वृद्धिसँगै ८३ दशमलब ०७ अंकमा पुगी बन्द भएको छ ।
आज १ सय ३३ कम्पनीको २ हजार १० वटा कारोबारबाट १७ लाख ९९ हजार ९ सय ४ कित्ता शेयर खरिद बिक्रि भएको छ जसबाट ३६ करोड ४७ लाख ७४ हजार २ सय ३८ रुपैंयाँ बराबरको पूँजी परिचालन भएको छ । नेप्से उपपरिसूचकमा बैंकिंग समूह १० दशमलब ५८ अंक र बित्तिय समूह ० दशमलव २ अंकले बढेका छन भने अन्य सबै समुहहरु आज घटेका छन ।

कारोबार रकमको आधारमा नबिल बैंकको प्रोमोटर शेयर ३ करोड १८ लाख ३६ हजार ७ सय रुपैयाँ बराबरको कारोबार भएको छ भने शेयर संख्याको आधारमा १२ लाख १ हजार ९ सय कित्ता शेयर खरिद बिक्रीसँगै सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्कीम १ अगाडी देखिएको छ । गण्डकी बिकास बैंकका लगानीकर्ताले सर्वाधिक ९ दशमलव ८३ प्रतिशतले कमाएका छन् भने त्रिवेणी बिकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले मुल्य गुमाएका छन् ।

प्रकाशित : २१ भाद्र २०७२, सोमबार १२:५६