बन्दलाई टेरेन नेप्सेले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बन्दलाई टेरेन नेप्सेले



काठमाडौं । सोमबार नेप्से खुलेको ४४ मिनेटमा दुई पटक सर्किट ब्रेक लागेको थियो । यो अवधिमा ४ दशमलव शून्य ४ प्रतिशतले परिसूचक बढेर १ हजार १ सय ५६ विन्दुमा पुगेर सर्किट ब्रेक लागेको थियो ।

३ प्रतिशतले बढेपछि १५ मिनेटको लागी पहिलो सर्किट ब्रेकलागेको बजार पुनः ४ प्रतिशतले बढेपछि आधा घण्टाको लागिबन्द भएको थियो । बाणिज्य बैंक सहित केही सूचिकृत कम्पनीको सेयर डिम्याट मात्रै कारोबार भएपछि सेयर बजारमा सकारात्मक प्रभाव देखिएको बुझिएको छ । बाणिज्य बैंक, टेलिकम, जलविद्युत, उत्पादनमुलक जस्ता समूहले बजार उचालेका हुन् ।दोस्रो सर्किटब्रेक पछि बजार खुलेको छ ।

प्रकाशित : ३२ श्रावण २०७२, सोमबार ०९:१६