काठमाडाै । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कान्तिपथमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीको अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेले शाखाको उद्घाटन गरे ।
यस शाखा कार्यालय संचालनपश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोगी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
२०७४ कार्तिक २ गते लक्ष्मीपूजाको दिनदेखि व्यवसायिक कारोबार शुभारम्भ गरेको यस कम्पनीले देशभर फैलिएका आफ्ना २५ वटाशाखा सञ्जालमार्फत ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीले यसअघि नै ब्राण्ड एम्बेसडरको रुपमा ‘महजोडी’लाई अनुबन्धित गरिसकेको छ ।
अधिकृत पुंजी रु. ३.० अर्ब र जारी पुंजी रु.२.५० अर्बमध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु.१.७५ अर्ब चुक्ता पुंजी रहेको यस कम्पनीले निकट भविष्यमा रु.७५ करोडको सर्वसाधारणका लागि शेयर जारी गरी चुक्तापुंजी रु.२.५० अर्ब पुर्याउने जनाएको छ । कम्पनीका प्रवद्र्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकर तथा व्यवसायिक संस्थाहरु रहेका छन् ।










Comment