सस्तिने भो चिनियाँ सामान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सस्तिने भो चिनियाँ सामान



काठमाडौं । चिनियाँ मुद्रा युआनको झण्डै २ प्रतिशतले घट्दा त्यसको प्रत्यक्ष असर नेपाली उपभोक्तालाई समेत पर्ने भएको छ ।

युआनको मूल्य घट्दा चीनमा उत्पादन भएका वस्तु तुलनात्मक रुपले खरिदका लागि सस्तो पर्नेछ । तर, तत्काल चीनसँगका मुख्य दुई नाकाबन्द रहेकाले आगामी दशैं÷तिहारको समयबाट मात्र नेपाली उपभोक्ताले चिनियाँ सामान सस्तो मूल्यमा खरीद गर्न पाउने छन् ।

सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी हुँदै चीनमा उत्पादितवस्तु ठूलो परिमाणमा नेपाल आयात हुन्छ । चीनले सुस्ताउँदो अर्थतन्त्र विस्तार गर्न मुद्राको भाउ घटाउनु एउटा सानो प्रयास रहेको र यसको विनिमय दरलाई थप बजार उन्मु बनाउनु प्रमुख रहेको बताएको छ । युआनको भाउ घटाएसँगै विश्व शेयरबजार, तेल र अन्य कमोडिटिजको भाउमा समेत हलचल आइरहेको छ ।

प्रकाशित : २८ श्रावण २०७२, बिहीबार १०:१५