कति दिनेभो नागरिक लगानी कोषले लाभांश ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कति दिनेभो नागरिक लगानी कोषले लाभांश ?



काठमाडाै । नागरिक लगानी कोषले गत आर्थिक बर्षको कमाईबाट बितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर ८ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।५७८ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताब गरेको जनाइएको छ।

उक्त प्रस्ताब सम्बन्धित निकाय तथा कम्पनीको आगामी बार्षिक साधारणसभाबाट पारित भएपश्चात शेयरधनीहरुमा लाभांश वितरण हुनेछ। २२ प्रतिशत बोनस शेयर घोषणा पश्चात कम्पनीको चुक्ता पुंजी ९० करोड ३१ लाख पुग्नेछ।

हाल कम्पनीको चुक्ता पुंजी ७४ करोड ०३ लाख छ। चालु आर्थिक बर्षको पहिलो त्रैमासमा कम्पनीले ८ करोड २ लाख खुद मुनाफा आर्जन गरेको छ।

प्रकाशित : 26 November, 2017 11:13 am