गण्डकी विकास बैंकले हकप्रद शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गण्डकी विकास बैंकले हकप्रद शेयर दिने



काठमाडौं। गण्डकी विकास बैंक लिमिटेडकाे दर्ता किताब बन्द हुने भएको छ। बैंकले २५% हकप्रद शेयर निष्कासन गर्न लागेकाेले मंसिर १५ गते दर्ता किताब बन्द हुने जानकारी  नेप्सेले दिएको छ ।  बैंकले ४ः१ अनुपातमा १०० रुपैयाँ दरको ४६ लाख ९ हजार ८१५.५० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । गण्डकीले हकप्रद निष्कासनका लागि मंसिर ४ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यस हकप्रदमा प्रभु क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्ने छ ।

प्रकाशित : ८ मंसिर २०७४, शुक्रबार १३:१९