कैलाश विकास बैंककाे साधारण सभा मंसिर १५ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कैलाश विकास बैंककाे साधारण सभा मंसिर १५ गते



काठमाडौं। कैलाश विकास बैंक लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव पारित गराउन मंसिर १५ गते साधारण सभा बोलाएको छ। बैंकले यसअघि १० प्रतिशत बोनस र ९.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा राष्ट्र बैंकले नगद लाभांश केही घटाएर ९.४५ प्रतिशत मात्र वितरण गर्न स्वीकृती दिएपछि बैंकले परिमार्जन गरेको हो । बोनस भने परिमार्जन गरिएको छैन । बैंकले युनाइटेड वर्ल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा मंसिर १५ गते विहान १० बजे  साधारण सभा बोलाएको छ । २४ औं बार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १ गतेदेखि  मंसिर १५ गतेसम्म  दर्ता किताब बन्द हुने जानकारी  दिएको छ ।

 

 

प्रकाशित : 12 November, 2017 12:14 pm