नागवेली लघुवित्तले हकप्रद शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नागवेली लघुवित्तले हकप्रद शेयर निष्काशन गर्ने



काठमाडौं। नागवेली लघुवित्त विकास बैँक लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ४५ दशमलव ६ प्रतिशत बोनस शेयर वितरणपछिको चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।कम्पनीले वितरण गर्न लागेको बोनसलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिइसकेको छ । कम्पनीको बोनस र हकप्रद प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले गत बर्षको साधारण सभाबाट नै शत प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको भए निष्काशन भने गरेको थिएन ।कम्पनीको कात्तिक २२ बसेको सञ्चालक समितिको बैठकले बोनसपछि हकप्रद जारि गर्ने निर्णय गरेको हो ।

नागवेली लघुवित्त

प्रकाशित : २३ कार्तिक २०७४, बिहीबार १२:२५