प्रभु इन्स्योरेन्स २० औं वर्षमा, एक बर्षमा ७३ करोड विमाशुल्क आर्जन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु इन्स्योरेन्स २० औं वर्षमा, एक बर्षमा ७३ करोड विमाशुल्क आर्जन



काठमाडौ। प्रभु इन्स्योरेन्स स्थापनाको २० औं बर्षमा प्रवेश गरेको छ । २० औं बर्ष प्रवेश कार्यक्रममा प्रभु इन्स्योरेन्सका अध्यक्ष देवीप्रकाश भट्टचनले गत आथिर्क बर्षमा कम्पनीले गरेको प्रगति विवरण्ँ सार्वजनिक गरेका थिए ।कम्पनीले गत आवमा ७२ हजार २ सय १५ बीमालेखबाट ७३ करोड १४ लाख ७५ हजार बीमाशुल्क आर्जन गरेको जनाएको छ । कम्पनीको हाल चुक्ता पूँजी २९ करोड ९८ लाख रुपैयाँ रहेको छ । कम्पनीले नियामक निकायको निर्देशन बमोजिम पुँजी बढाउदै लैजाने पनि भट्टचनले जानकारी दिए ।

कम्पनीले वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि परेका दावी भुक्तानीलाई तीव्रताका साथ अगाडि बढाइरहेको पनि भट्टचनले बताए । अहिले कम्पनीले केन्द्रीय कार्यालयसहित १९ शाखा तथा उपशाखाबाट बीमा सुविधा दिदै आएको छ ।

प्रकाशित : १८ श्रावण २०७२, सोमबार १४:४३