काठमाडौं। सानिमा बैंकको १३औं बार्षिक साधारणसभाले १६ प्रतिशत बोनस सेयर पारित गरेसँगै चुक्ता पूँजी ८ अर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्मको नाफाबाट चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने ब्यवस्था गरेको थियो। साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट तीन जना सञ्चालक चयन गरेको छ। सभाले विनयकुमार श्रेष्ठ, तुकप्रसाद पौडेल र शाम्वा लामालाई सञ्चालक निर्वाचित गरेको हो।बैंकले गत आर्थिक बर्ष एक अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकको कुल निक्षेप करिव ५८ अर्ब र ऋण लगानी सवा ५१ अर्ब नाघेको छ।
३० आश्विन २०७४, सोमबार १२:३४
Comment