काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले १५% बोनस सेयरपछि १००% हकप्रद निष्कासन गर्ने भएको छ । स्वदेशीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले
बोनसपछि कायम हुने चुक्ता पुँजीबाट १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । हाल यो लघुवित्तको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । १५% बोनस सेयरपछि भने चुक्ता पुँजी ११ करोड ५० लाख रुपैयाँ हुनेछ । यो पुँजीबाट १००% हकप्रद निष्कासन गरिसकेपछि स्वदेशीको चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्नेछ ।
15 October, 2017 11:32 am





Comment