गौशाला नगरपालिकाको ९० लाख रुपैंयाँ कसले झिक्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गौशाला नगरपालिकाको ९० लाख रुपैंयाँ कसले झिक्यो ?



महोत्तरी । महोत्तरी जिल्ला गौशाला नगरपालिकाको रु ९० लाख गोलमाल भएको खुलासा भएको छ ।

नगरपालिकाको बैंक खाताबाट एकै दिनमा त्यति ठूलो रकम अवैधानिक तवरले निकासा भएको रहस्य सार्वजनिक भएको छ ।

नेपाल बैंक लिमिटेडको शाखा कार्यालय गौशालास्थित बैंकको खाताबाट भदौ १९ गते रु ९० लाख निकालेको रहस्य सार्वजनिक भएको हो ।

कार्यकारी अधिकृत रामजी जोशीलाई थाहै नदिइकन खाताबाट रु एकसमेत नराखी खाता निल गरी निकालिएको खुलासा भएको छ ।

भदौ २९ गते कर्मचारीलाई तलबका लागि चेक काटेपछि खातामा पैसा नरहेको जानकारी नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले पाएका थिए ।

खातामा पैसा नरहेको जानकारी पाएपछि अनुसन्धान गर्दै जाँदा एकै दिन रु ९० लाख झिकिएको सनसनीपूर्ण खुलासा भएको हो ।

कार्यकारी प्रमुख जोशी भदौ १२ गते कार्यालयमा हाजिर भएपछि निर्वाचनमा व्यस्त भएका थिए । प्रमुख निर्वाचनमा व्यस्त भएको मौका छोपी नगरपालिकाका केही कर्मचारीको मिलिभगतमा नगरपालिकाको सो रकम गोलमाल भएको हो ।

नगरपालिकाको खाताबाट एकैसाथ रु ९० लाख निकालिएको हो, गौशाला नगरपालिकाका कार्यकारी अधिकृत रामजी जोशीले पत्रकारसँग कुराकानी गर्दै भने “पैसा कसरी निकालिएको हो, मलाई कुनै जानकारी छैन ।”

गौशाला नगरपालिकाले पछिल्लो एक महिनाको अवधिमा विभिन्न मितिमा रु दुई करोड ६४ लाख बराबरको कारोबार गरेको छ । तर कारोबारको कुनै किसिमको कागजात अहिलेसम्म आफूलाई प्राप्त नभएको उनले बताए ।

यता गौशाला नगरपालिकाको त्यति ठूलो रकम निकासा भएको सम्बन्धमा थप अनुसन्धान भइरहेको नगरप्रमुख शिवनाथ महतोले बताए ।

प्रकाशित : १७ आश्विन २०७४, मंगलवार १३:३७